
काठमाडौं, ३० कात्तिक । गन्धर्व बस्तीमा रातिको समयमा पैसा बाँडन पुगेका गण्डकी प्रदेशका कानुनमन्त्री एवं नेपाली कांग्रेसबाट कास्की २(२) का उम्मेदवार विन्दुकुमार थापालाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।
पोखरा-१६ बाटुलेचौरको गन्धर्व बस्तीमा उनलाई स्थानीयले साँझ साढे सात बजे नियन्त्रणमा लिएका हुन् ।
थापालाई स्थानीयले नियन्त्रणमा लिएपछि उनीहरूले निर्वाचन आयोग र प्रहरीलाई खबर गरेका थिए ।
थापालाई नियन्त्रणमा लिएपछि स्थानीयले थापाको उम्मेदवारी खारेज गर्नुपर्ने मागसहित नाराबाजीसमेत गरेका थिए । उनलाई स्थानीयले डेढ घण्टा नियन्त्रणमा राखेपछि प्रहरीको रोहवर छाडेका छन् ।













प्रतिक्रिया