
काठमाडौं, ३० कात्तिक । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ ‘ख’का प्रदेश सभा सदस्य उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेजी गरेको छ।
लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार रहेका मेहताको उम्मेदवारी खारेज भएको हो । बहुविवाहसम्बन्धी कसुरमा कैद बसेको व्यक्ति भएको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरेको हो ।
‘प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले निजको उम्मेदवारी अयोग्य ठहर भई खारेज गरिएको हो’, आायेगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।













प्रतिक्रिया