२९ आश्विन २०८३, बिहिबार

म उद्यम सिर्जना गर्ने उम्मेदवार हुँ: शिवाकोटी

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, ३० कात्तिक । नेकपा एमाले दोलखाका प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिबाकोटीले आफू उद्यमशीलताबाट मात्र देशको विकास सम्भव रहेको मान्यता बोक्ने उम्मेदवार भएको बताएका छन् ।

तामाकोशी गाउँपालिका-४ को मालुमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उम्मेदवार शिबाकोटीले त्यस्तो बताएका हुन् । उनले उद्यमशीलता र युवाहरुलाई रोजगारी सिर्जना गरेर मात्र देशले फड्को मार्ने मान्यता बोकेर अगाडि बढेको बताउँदै विगतमा अपराध र विध्वंश गरेर पनि प्रायश्चित नगर्नेहरुलाई जनताले जनमतबाटै जवाफ दिने विश्वास पनि व्यक्त गरे ।

‘अहिले कतिपयले व्यवसायी भनेर मेरा विरुद्ध भ्रम फैलाउन खोज्नुभएको छ, सत्य कुरा मैले राजनीति र व्यवसाय सँगसँगै गर्दै आएको छु, राजनीतिक व्यबस्था मात्रै परिवर्तन भयो, तर जनताको अबस्था परिवर्तन भएन, त्यो अबस्था परिवर्तन गर्ने संकल्पसहित तपाईंहरुको माझमा आएको छु’ उनले भने,‘मेरो उद्यमशीलता, व्यवसायिक क्षमताको अनुभवलाईसमेत ध्यानमा राखेर जिल्लाका अग्रज नेताहरुले मलाई अगाडि सार्नुभएको हो, त्यसैले कोही पनि भ्रममा नपर्नुहोला, मुलुक परिवर्तन गर्न के-के गर्नुपर्छ त्यो सोच, अनुभव र क्षमता म सँग छ ।’

आफूले उद्यमशीलताबाट देशमा ५ हजारभन्दा बढिका लागि रोजागारी सिर्जना गरेको, जिल्लामै पहिलो पटक उद्योग स्थापना गरेको, जिल्लालाई पर्यटकीय गन्तव्य बनाउनेगरी आधारशीला खडा गरेको बताउँदै उनले विगतमा विध्वंश मच्चाएर अपराध मात्र गर्न जानेकाहरुले मुलुकको समृद्धि र रोजगारीमा के योगदान पु¥याए ? भन्दै प्रश्नसमेत गरे ।

उनले मुलुक अधिकारको लडाईंबाट समृद्धिको दिशामा अगाडि बढेकाले वितमा विध्वंश र अपराध मात्र गर्नेहरुको विकल्पमा आफूलाई दोलखाली जनताले साझा उम्मेदवार ठानेर अत्याधिक बहुमतले विजयी बनाउने कुरामा विश्वस्त रहेको पनि बताए ।

‘म दोलखाको साझा उम्मेदवार हुँ । मेरो उम्मेदवारी निश्चित भएपछि राम्रो मान्छे बालकृष्ण शिबाकोटी आउनुभयो भनेर कांग्रेसका साथीहरुले उम्मेदवारी नै दिन चाहानुभएन, यो कुरा जनतालाई घरघरमा गएर भनिदिनुस् उहाँले भन्नुभयो,‘त्यसैले अपराध र विध्वंश गर्नेलाई तपाईंहरुले मतदान गर्नुहुन्न भन्ने कुरामा म विश्वस्त छु ।’ उनले भने ।