
काठमाडौं, ३० कात्तिक । भोजपुरको तिवारी भञ्ज्याङमा भएको बम विष्फोटमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको पुष्टि भएको छ ।
गठबन्धनको चुनावी कार्यक्रमस्थल नजिकै वम विष्फोट भएको हो । चुनावीसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेपाली कांग्रेसका नेताहरु सहभागी भएका थिए ।
घाइते हुनेमा विप्लव नेतृत्वको नेकपाका सुमन श्रेष्ठ रहेका छन् । उनी आफैँले गराएको विष्फोटमा घाइते भएका हुन् ।
घाइते भएका सुमनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।













प्रतिक्रिया