काठमाडौं, ३० कात्तिक । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालको उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
माओवादीका मन्त्री बराल कास्की क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्यका लागि गठबन्धन उम्मेदवार रहेका छन् ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले २०७६ साल माघमा बराललाई कालोसूचीमा राखेको भन्दै उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको हो ।
पोखरा-२४ का बोधराज रेग्मीले बरालविरुद्व उजुरी दिएका हुन् । उजुरीमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई बुझाउनुपर्ने ३८ लाख २४ हजार ७०८ रुपैयाँ नबुझाएर उनको नाम कालोसूचीमा रहेको उजुरीमा उल्लेख छ।













प्रतिक्रिया