२९ आश्विन २०८३, बिहिबार

रुसी क्षेप्यास्त्र पोल्याण्डमा खस्दा दुईजनाको मृत्यु, पोल्याण्ड र जी-सेभेनको आकस्मिक बैठक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । रुसले युक्रेनमा प्रहार गरेको क्षेप्यास्त्र पोल्याण्डमा खसेको छ ।

युक्रेनको सीमा नजिकै रहेको पोल्याण्डको भूभागमा क्षेप्यास्त्र खसेको हो । क्षेप्यास्त्रमा परेर दुई जनाको मृत्यु भएको छ । रुसी क्षेप्यास्त्र आफ्नो भूभागमा खसेपछि पोल्याण्डको आपत्कालीन बैठक बसेको छ ।

पोल्यान्डका प्रधानमन्त्री मतेउस मोराविएत्स्कीले सर्वसाधारणलाई शान्त रहन अपिल गरेका छन्। उक्त घटना लगत्तै पोल्यान्डले आफ्नो हवाई निगरानी पनि बढाउने भएको छ ।

यस्तै, पोल्याण्डमा क्षेप्यास्त्र खसेपछि जी-सेभेन राष्ट्रहरुको पनि आकस्मिक बैठक बसेको छ । अमेरिका, इटाली, जर्मनी, फ्रान्स, बेलायत, जापान, स्पेन र नेदरल्याण्ड्सका नेताहरू आकस्मिक बैठकमा बैठकमा बसेका हुन् ।

पोल्याण्डमा रुसी क्षेप्यास्त्र खसेको परिणाम गम्भीर हुन सक्ने जी सेभेन बैठकमा नेताहरुले बताएका छन् । पोल्याण्ड नेटो सैन्य गठबन्धनको सदस्य हो र यस घटनालाई नेटोमाथि आक्रमण मान्न सकिने बताइएको छ ।

रुसले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै युक्रेनले नै घटना घटाएको आरोप लगाएको छ । युक्रेनले उत्तेजना बढाउन जानाजान घटना घटाएको रुसको दाबी छ ।