
काठमाडौं, २९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नागरिक समाजले आयोजना गरेको पदयात्रामा सहभागी भएका छन् ।
ललितपुरको सैंबु भैसेँपाटी आवस क्षेत्रमा क्षेत्रका नागरिक अगुवा तथा सो क्षेत्रका सेलिब्रिटीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बोलाएर पदयात्रा गरेका हुन् ।
पैदलयात्रामा ओलीपत्नी राधिका शाक्य पनि सहभागी थिइन् । अध्यक्ष ओलीलाई वरिष्ठ सञ्चारकर्मी भुषण दाहाल, सुरजसिंह ठकुरीलगायतले स्वागत गरेका थिए ।
एमालेले ललितपुर ३ मा युवालाई उम्मेदवार बनाएर युवाहरुको आवाजलाई आत्मसाथ गरेको भन्दै नागरिक अगुवाहरुले अध्यक्ष ओलीलाई धन्यवाद दिएका थिए ।
ललितपुर क्षेत्र नं ३ मा एमाले प्रतिनिधिसभाका उम्मेदवार अमृत खड्का र प्रदेश ३ (२) प्रेमभक्त महर्जनसमेत पदयात्रामा सहभागी थिए । स्वागतपछि ओलीलाई अगुवाहरूले भैँसेपाटी आवास क्षेत्रमा पैदलयात्रा गराएका थिए ।
















प्रतिक्रिया