३ मंसिर २०८३, बिहिबार

पाँच दिन अत्यावश्यक बाहेकका सेवा बन्द हुने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २९ कात्तिक । ४ मंसिरमा हुने निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले पाँच दिनसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै १ मंसिर देखि ५ मंसिरसम्म पाँच दिन अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने जनाएको हो ।

कार्यालयले शान्ति सुरक्षा, विपद् व्यवस्थापनलगायत अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु प्रवाह नहुने जनाएको छ ।

निर्वाचनमा कार्यालयमा कार्यरत कर्मचारीहरु मतदान केन्द्रमा खटिने भएकोले ५ दिनसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको सूचनामा उल्लेख छ ।

May be an image of ‎text that says '‎०५७-५२०४९५ प्याक्स -daomakawanpur@moha.gov.np नेपाल सरकार फेसबुक कh:w.facebook.comdomakawanpur वेबसाइट //domakawanpur.moha.gov.np/ गृह मन्वालय जिल्ला प्रशासन कार्यालिय मकवानपुर मकवानपुर पत्र संख्या:- ०७९/६० चलानी नम्बर:- मिति:- २०७९/०७/२5 सेवा प्रवाह सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, मकवानपुरको सूचना सम्वत् २०७९ मंसिर ا गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा यस कार्यालयमा कार्यरत कर्मचारीहरू समेत मतदान केन्द्रमा खटिने भएको हुँदा सम्वत् २०७९ मंसिर ૧ गतेदेखि सम्वत् २०७९ मंसिर り गतेसम्म शान्ति सुरक्षा, विपद् व्यवस्थापन लगायत अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु प्रवाह नहुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध Rado (हरिदत्त कंडेल) सहायक प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय, मकवानपुर‎'‎