३१ आश्विन २०८३, शनिबार

पाकिस्तानसँगको प्रतिस्पर्धाका लागि नेपाली राष्ट्रिय फुटबल टीम बन्द प्रशिक्षणमा व्यस्त

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । पाकिस्तानसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टीम बन्द प्रशिक्षणमा व्यस्त भएका छन् ।

नेपाली राष्ट्रिय फुटबल टीमले सोमबार ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण गरेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र पाकिस्तानबीचको खेल कात्तिक ३० गते बुधबार हुनेछ । खेल साँझ ५:३० बजे सुरू हुनेछ ।

खेलका लागि पाकिस्तानको राष्ट्रिय फुटबल टीम नेपाल आइपुगेका छन् । पाकिस्तानी टोली आइतबार राति नेपाल आइपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपालसँगको खेलका लागि पाकिस्तानले हसन बसिरको कप्तानीमा टोली घोषणा गरेको थियो ।

नेपाल र पाकिस्तानबीच हुने एक मैत्रीपूर्ण खेलको टिकट विभिन्न डिजिटल वालेट कम्पनि खल्ती, ई–सेवा र आईएमई–पे बाट किन्न सकिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सामान्य प्यारापिटतर्फ ५००, भीआइपीतर्फ १ हजार र ५ हजारको टिकट मूल्य तोकेको छ ।

टिकट काटेर हेर्ने एक भाग्यशाली दर्शकले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट प्राप्त गर्ने एन्फाले जनाएको छ । विजेता गोलापर्थाद्वारा छनोट गरिनेछ ।