८ कार्तिक २०८३, आइतबार

घट्यो सुनचाँदीको मूल्य, कति छ आजको मूल्य ?

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

केहिदिन देखि निरन्तर बढेको सुनको मूल्य सोमबार तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, आइतबार छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, सोमबार चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइहेको छ ।