
काठमाडौं, २६ कात्तिक । नेपालको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागले नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुने रिपोर्ट बाहिर आएको छ ।
गृह मन्त्रालय मातहतको राष्ट्रिय अनुसन्धान विभागले लमजुङबाट पृथ्वीसुब्बा गुरुङले जित हासिल गर्ने प्रक्षेपण गरेको हो । लमजुङमा गोप्य रुपमा गरिएको अनुसन्धानका क्रममा पृथ्वीसुब्बाले जित निकाल्ने देखिएको राष्ट्रिय अनुसन्धान विभागको रिपोर्टमा उल्लेख छ ।
अहिले सरकारी गठबन्धनकै सरकार छ । र, सरकारी गठबन्धनकै नेता देव गुरुङ लमजुङबाट उम्मेदवार बनेका छन् । तर, गृह मन्त्रालय मातहतकै राष्ट्रिय अनुसन्धान केन्द्रले गठबन्धनका उम्मेदवार देव गुरुङँग प्रतिस्पर्धा भए पनि एमालेकै उम्मेदवार पृथ्वीसुब्बाले जित्ने निष्कर्ष निकालेको हो ।











प्रतिक्रिया