
काठमाडौं, २६ कात्तिक । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य तथा नेपाल शेर्पा संघका पूर्व अध्यक्ष पेमाछिरी शेर्पासहित ६० जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
शुक्रबार शेर्पासहित गेल्जेन शेर्पा, प्रगति महिला समूहका अध्यक्ष फूलमाया गुरुङसहित ६० जना सामाजिक अभियन्ता एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय च्यासल, ललितपुरमा खादा र अवीर लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
एमाले प्रवेश गर्नेहरुमा प्रगति महिला समूहका शर्मिला तामाङ, सुनिता राई, मीना शेर्पा, दिकु शेर्पा, लामु शेर्पा, सावित्री श्रेष्ठ, गीता श्रेष्ठ, मेदो शेर्पा, इन्दिरा कार्की, विमला लामा, सविता लामा, इन्दु ढुग्रा, प्रमिला तिमिल्सिना, विमला लिम्बूू, विनिता ब्लोन, मैच्याङ तामाङ, लेमी शेर्पा, शुक्र तामाङ र सिर्जना कुँवर रहेका छन् ।












प्रतिक्रिया