
काठमाडौं, २६ कात्तिक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज शनिबार सुदूरपश्चिम प्रदेशको तीन चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् ।
एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार अध्यक्ष ओलीले शनिबार डोटीको दिपायलमा, कैलालीको अत्तरियामा र लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उनका अनुसार अध्यक्ष ओलीले बिहान ११ बजे दिपायलमा, २ बजे अत्तरियामा र ४ बजे लम्कीमा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।











प्रतिक्रिया