२९ आश्विन २०८३, बिहिबार

‘नो नट अगेन’को पक्षमा सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । सर्वोच्च अदालतले ‘नो नट अगेन’को पक्षमा यसअघिकै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

बिहीबार भएको सुनुवाईमा न्यायाधीशहरु सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघिकै अल्पकालीन आदेशलाई निरन्तरता दिएको हो ।

कात्तिक २० मा भएको पहिलो सुनुवाईमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिँदै दुवै पक्षलाई छलफलका लागि डोकेको थियो ।

निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानको फेसबुक पेज बन्द गर्ने निर्णय गरेपछि आयोगको निर्णयविरुद्व सर्वोच्चमा रिट दायर भएको थियो ।