३ मंसिर २०८३, बिहिबार

मकवानपुरमा ट्याक्टर दुर्घटनाः एकको मृत्यु, एक घाइते

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २४ कात्तिक । मकवानपुरको बकैया-४ छतिवनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गएराती धरान-चतरा सडकखण्ड अन्तर्गत हेटौंडाबाट हात्तीसुँडेतर्फ जाँदै गरेको बागबती प्रदेश ०३-००१त ३४१ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर दुर्घटना हुँदा ट्याक्टरमा सवार बागमती-५ बगेरी बस्ने अन्दाजी २७ वर्षीय सत्यमान घिसिङको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्याक्टरमा सवार ३५ वर्षीय दमै सिङ सिन्तान घाइते भएको र उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।