२९ आश्विन २०८३, बिहिबार

चक्रपथमा ट्रकको ठक्करबाट श्रीमान श्रीमतीको मृत्यु

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । काठमाडौंको चक्रपथमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा श्रीमान श्रीमतीको मृत्यु भएको छ ।

बुधबार अपरान्ह ना८ख १८४१ न. को ट्रकले बा प-२-०३२प२२२७ न. को स्कुटरलाई ठक्कर दिँदा कास्कीको मादी-५ का ४७ वर्षीय बेलबहादुर राना मगर उनकी श्रीमती ४१ वर्षीय कल्पना राना मगरको मृत्यु भएको हो ।

बसुन्धरा र नारायण गोपाल चोकको बिचमा ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका दम्पतीलाई शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

ट्रकसहित चालक चितवन राप्ती नगरपालिका-१ का राम हमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।