२९ आश्विन २०८३, बिहिबार

प्रदेश-१ मा भोलि सार्वजनिक बिदा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । प्रदेश-१ ले भोलि सार्वजनिक बिदा दिएको छ ।

प्रदेश १ सरकारका वन, वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनप्रति शोक व्यक्त गर्दै बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

यस्तै, भोलि राष्ट्रिय झण्डा पनि आधा झुकाउने निर्णय भएको छ ।

गम्भीर निमोनियबाट ग्रसित मन्त्री थापाको बुधबार बिहान उपचारकै क्रममा विराटनगरको नोबेल मेडिकल कलेजमा निधन भएको थियो ।