
काठमाडौं, २२ कात्तिक । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ‘लिडर्स नाइट वीथ पारस खड्का’ कार्यक्रम सम्पन्न गरेको छ ।
आफ्ना अभिकर्ताहरुका लागि लागि कम्पनीले काठमाडौंको चन्द्रागिरी हिल्समा तीन दिने कार्यक्रम आयोजना गरेको थियो ।
कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ साउन महिनामा सञ्चालन गरेको अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीका ब्राण्ड एम्बेसडर समेत रहेका राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्कासँग साक्षात्कार गराइएको कम्पनीले जनाएको छ ।















प्रतिक्रिया