२ कार्तिक २०८३, सोमबार

विशेष अदालतबाट सफाइ पाएका १२४ मुद्दाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका १२४ मुद्दाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

आज मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अख्तियारले विशेष अदालतबाट भएका फैसलामा चित्त नबुझी २५१ प्रतिवादीका १२४ मुद्दाविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएको जनाएको हो ।

पुनरावेदन दिएका मुद्दाका कुल बिगो रकम ४२ करोड १६ लाख २६ हजार ४६२ रुपैयाँ रहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । चालू आवमा १६३ वटा फैसला प्राप्त गरेको र त्यसमध्ये अधिकांशको सर्वोच्चमा पुनरावेदन दिएको भण्डारीले बताए ।

पुनरावेदन दिएका मध्ये सबैभन्दा बढि घुस/रिसवत मुद्दाको संख्या ११२ रहेका छन् । त्यस्तै अन्य मुद्दामा सामाजिक सुरक्षा भत्ता हिनामिना, राजस्व चुहावट, गैर कानूनी सम्पती आर्जन लगाएतका छन् । अख्तियारका प्रवक्ता भण्डारीले आयोगको सफलता घट्नुमा आयोगको अनुसन्धानको कमजोरी नभएको बताए ।

सप्रमाण हुदा पनि बिशेष अदालतबाट उपयुक्त फैसाला नभएपछि कानूनले नै दिएको सुविधा उपयोग गरेर कानूनबमोजिम नै सर्वोच्चमा पुनरावेदन दिएको उनको भनाइ छ । उनले भ्रष्टचारको मुद्दामा गम्भीर तवरले अनुसन्धान गरेर सप्रमाण कसुर स्थापित गर्ने काममा सफल नहुँदा गलत नजिर बस्ने भएकाले पुनरावेदनमा जानु परेको भण्डारीले बताए ।

प्रवक्ता भण्डारीले मुद्दाको असफलताको दर बढ्दै जानुमा आयोगको कमजोरी नभएको दाबी गरे । उनले आयोगमा मुद्दा परेका बिषयहरुमा अहिले पनि आयोग आन्तरिक रुपमा छानविनमा केन्द्रित भएको जिकिर गरेका छन् ।