
काठमाडौं, २२ कात्तिक । सर्वाेच्च अदालतले विश्वकप फुटबल हेर्नका लागि नेपाली दर्शकबाट पैसा नलिन आदेश दिएको छ ।
उपभोक्ताहरुको तर्फबाट अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै ग्राहकमाथि अपूरणीय क्षति हुनसक्ने भन्दै अतिरिक्त शुल्क लिने निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो ।
विश्वकप हेर्ने प्रतिग्राहक ५ सय रुपैयाँ असूल्ने निर्णय सेवा प्रदायकहरूले गरेका थिए । विश्वकप मंसिर ४ गतेदेखि सुरू हुँदैछ ।















प्रतिक्रिया