
दोलखा, २१ कात्तिक । नेकपा एमाले बागमती प्रदेशका सदस्य एवम गाउँपालिकाका पुर्वअध्यक्ष भरतप्रसाद दुलालले आफूले शैलुङमा गरेको विकासको कामको मूल्याङ्कन गरेर यो पटक सूर्यमा मतदान गर्न मतदातालाई आग्र गरेका छन् ।
नेकपा एमालेको नेतृत्वमा स्थानीय सरकार हुदाँ शैलुङ गाउँपालिका देशको नै उत्कृष्ट गाउँपालिका हुन सफल भएको स्मरण गर्दै उनले समग्र दोलखाको विकासका लागि एमालेलाई नै जिताउनुपर्ने बताएका हुन् ।
शैलुङ गाउँपालिका वडा नम्वर १ मा नेकपा एमालेले आयोजना गरेको चुनावी अभियानका क्रममा दुलालले आफ्नो नेतृत्वको सरकार हुदाँ जनताले अनुभूति गर्नेका खालको विकास हुनुका साथै देशको उत्कृष्ट गाउँपालिका भएको बताए ।
नेकपा एमालेको सरकार हुदाँ पाँच वर्षको कार्यकालमा पालिकाकाभित्र सडक, कृषि, खानेपानी, शिक्षा स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय काम गरेको बताउँदै उनले अबको निर्वाचनमा पनि नेकपा एमालेका उम्मेदवारहरुलाई अत्यधिक बहुमतले सूर्यमा मतदान गरी विजय गराउन सबै मतदाताहरुलाई अनुरोध गरेका हुन् ।















प्रतिक्रिया