३ मंसिर २०८३, बिहिबार

प्रवासी नेपाली मञ्चको अध्यक्षमा थापा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा सञ्जय थापा सर्वसम्मत निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष रमेश पाण्डे, सचिमा हेम शेर्पा, उपसचिवमा चानक पोखरेल र कर्ण शाही सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरूमा गोविन्द पौडेल, राजेन्द्र पुडासैनी, विमला भण्डारी, शिव वरुवाल, कल्पना त्रिपाठी, सुरेन्द्र थपलिया, सरस्वती केसी, हेमराज जोसी, तीर्थ गौतम, ज्योति शर्मा, महेश गिरी, कमल मणि गुरागाईँ, बलराम गिरी, डा विनोद श्रेष्ठ, शिशिर नेपाल, विजय फुँयाल, सीता केसी र सुरेश केसी रहेका छन् ।

त्यस्तै, सदस्यहरूमा डा सरोज कणेल, सञ्जु केसी, भक्त गुरुङ, डुण्डीराज पाण्डे, कुन्ती थापा, जानकी कार्की, पुरुषोत्तम बोहरा र राजेन्द्र सिवाकोटी रहेका छन् ।

मञ्चको शनिबारदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय अधिवेशनको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।