३ मंसिर २०८३, बिहिबार

हेटौंडामा हिमालय टिभीको निर्वाचन विशेष बहसमा लफडा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । हिमालय टेलिभिजनले मकवानपुरको हेटौंडामा गरेको निर्वाचन विशेष बहस कार्यक्रममा लफडा भएको छ ।

४ मंसिरमा हुने आम निर्वाचन बहस कार्यक्रम सुरु भएसँगै हाम्रो नेपाली पार्टीबाट मकवानपुर-१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार दिपेन्द्र चन्द ठकुरीसहितको टोलीले हिमालय टिभीले लाखौँ रुपैँयाको प्रलोभनमा परेर अन्य उम्मेदवारहरुलाई बेवास्ता गरेको आरोप लगाएपछि कार्यक्रममा विवाद सुरु भएको हो ।

उनीहरुले हिमालय टिभीले पैसाको सेटिङ गरेर आफ्नो निकट केहि उम्मेदवारलाई मात्र बोलाएर कार्यक्रम गरेको भन्दै टिभीविरुद्ध प्रदर्शन गरेका थिए ।

उनीहरुले कार्यक्रममा सहभागि नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानीयाँले भोटको लागि चामल बाढेको, पैसा दिएर प्रचार गरेको लगायतको टिप्पणी गर्न सुरु गरेपछि मकवानपुर क्षेत्र नम्बर २ को ‘ख’ का उम्मेदवार समेत रहेका बानियाँ कार्यक्रम छाडेर हिँडेका थिए ।

कार्यक्रममा सहभागि अन्य अतिथिहरु पनि कार्यक्रम छोडेर हिँडेपछि कार्यक्रम सञ्चालक राजेन्द्र बानियाँले कार्यक्रम लाईभ कार्यक्रम रोकेका थिए ।

हिमालय टिभीले सामाजिक सञ्जालबाट सो लाईभ प्रशारण हटाएको छ ।