३ मंसिर २०८३, बिहिबार

विकासका लागि भ्रष्टाचार नियन्त्रण आवश्यक : सिके राउत

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १९ कात्तिक । जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउतले मुलुकको विकासका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने बताएका छन्

विराटनगर–६ स्थित रामपुरमा शुक्रबार अपराह्न आयोजित सभालाई सम्बोधन गर्दै उनले पार्टी उम्मेदवारलाई निर्वाचनमा विजयी गराई मुलुकमा रहेको भ्रष्टाचारको जरो उखेल्ने कार्यमा सहयोग पु¥याउन आग्रह गरे । उनले सङ्घीयता स्वायत्ताका साथ लागू भएमा सुकुम्वासीका समस्या समाधान हुने धारणा राख्दै किसान, मजदुरको हकअधिकारका लागि लड्ने यो पार्टीका उम्मेदवारलाई विजयी बनाई नीति निर्माण तह पु¥याउनुपर्नेमा जोड दिए ।

अध्यक्ष राउतले युवाहरुलाई वैदेशिक हैन स्वदेशमै घरघरमा रोजगारी र मुलुकमा चमत्कार किसिमले विकासको पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै अरुलाई धेरै पटक मौका दिएको भन्दै यस पटक आफ्नो पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे ।