
काठमाडौं, १८ कात्तिक । नेकपा एमालेले चुनावी आमसभा आजबाट सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु गर्दैछ ।
दार्चुलाको खलंगामा हुने आमसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।
अध्यक्ष ओलीले आज बिहान ११ बजे आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
आमसभालाई सम्बोधन गरेपछि अध्यक्ष ओलीले आजै बैतडी र कञ्चनपुरको चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यतालिका रहेको एमालेले जनाएको छ ।












प्रतिक्रिया