
काठमाडौं, १७ कात्तिक । यही कात्तिक २० गतेदेखि भारतमा हुने ६ दिने आईसीआरसी अन्तर्राष्ट्रिय ह्विल चेयर बास्केलबल टुर्नामेन्ट प्रतियोगिताको तेस्रो संस्करणमा नेपालबाट २४ जना खेलाडी सहभागी हुने भएका छन् ।
नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कात्तिक २० गतेदेखि २५ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट खेलाडीसहित ३२ जनाको टोली भारत जाने जानकारी गराएको हो ।
प्रतियोगिता संघको नेतृत्वमा आईसीआरसी, प्यारालाम्पिक कमिटि अफ इन्डिया र ह्विलचेयर बास्केटबल फेडेरेशन अफ इन्डियाको संयुक्त आयोजनामा भारतको नयाँ दिल्ली (नोएडा) मा हुन लागेको हो । पत्रकार सम्मेलनमा संघकी अध्यक्ष देवी आचार्यले प्रतियोगिताको लागि नेपालबाट ३२ जनाको टोली कार्तिक १९ गते भारततर्फ प्रस्थान गर्ने जानकारी दिइन् ।
जसमध्ये १२ जना महिला खेलाडीहरू र १२ जना पुरुष खेलाडी गरि जम्मा २४ जना खेलाडीहरू सहभागी हुने उनको भनाई छ । ६ दिनसम्म चल्ने उक्त प्रतियोगितामा नेपालले महिला र पुरुष दुई टीमलाई सहभागी गराउनेछ । सो प्रतियोगितामा पुरुषतर्फ अफगाननिस्तान, बंगलादेश, कम्बोडिया, गाजा, इन्डिया, लिबिया, नेपाल र सिरियागरी आठ देशबाट टीम सहभागी हुनेछन् ।
त्यसैगरी, महिलातर्फ कम्बोडिया, भारत र नेपालगरि तीन देशबाट तीन वटा टीमको सहभागी हुने संघले जनाएको छ ।
संघले खेलकुदका लागि आर्थिक अभाव हुँदाहुँदै पनि गत भदौ २७ गतेदेखि कार्तिकक १६ गतेसम्म खेलाडीहरूलाई प्रशिक्षण तालिम सञ्चालन गरेको अध्यक्ष आचार्यले बताइन् ।















प्रतिक्रिया