३१ आश्विन २०८३, शनिबार

प्रधानमन्त्री कप क्रिकेट : मंगलबार प्रदेश एक र एपीएफ क्लबको जित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । राजधानीमा जारी पीएम कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा मंगलबार प्रदेश एक र विभागीय टोली एपीएफ क्लबले जित हासिल गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा मंगलबार बागमती प्रदेशलाई ६९ रनले हराउँदै प्रदेश–१ ले पहिलो जित निकालेको हो । प्रदेश–१ ले दिएको ३०५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बागमतीले ४५ ओभर ५ बलमा अलआउट हुँदै २३५ रन मात्र बनाउन सक्यो ।

यो जितसँगै समूह ’बी’ मा प्रदेश–१ ले २ खेलमा २ अंक जोडेको छ । प्रदेश–१ दोस्रो स्थानमा रहेको छ । बागमती प्रदेशको यो लगातार दोस्रो हार हो ।

त्यस्तै मुलपानी क्रिकेट मैदानमा मंगलबार सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदै एपीएफले लगातार दोस्रो जित निकालेको हो । सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले ११ ओभर २ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।

मैदान ओसिलो भएपछि ढिला खेल सुरू हुँदा खेल ४३ ओभरमा झारिएको थियो । यस जितसँगै एपीएफले २ खेलमा २ अंक जोडेको छ । एपीएफ समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । सुदूरपश्चिमको यो लगातार दोस्रो हार हो ।

कात्तिक २६ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।