३१ आश्विन २०८३, शनिबार

प्रधानमन्त्री कप क्रिकेटमा पुरुषतर्फ नेपाल पुलिसको विजयी सुरुवात

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । आइतबारदेखि काठमाडौंमा सुरू भएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा आइतबार बागमती प्रदेशलाई १९२ रनले हराउँदै पुलिसले सुखद सुरुवात गरेको हो । पुलिसले दिएको २९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बागमतीले २८ ओभरमा अलआउट हुँदै ९७ रन मात्रै बनाउन सक्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ५ विकेट गुमाएर २८९ रन बनाएको थियो ।

यस्तै आइतबार नै भएको अर्को खेलमा विभागीय टोली एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । टीयु क्रिकेट मैदानमा आइतबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ५६ रनले हराउँदै एपीएफले सुखद सुरुवात गरेको हो ।

एपीएफले दिएको २२० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आर्मीले ३२ ओभर १ बलमा अलआउट हुँदै १६३ रन मात्रै बनाउन सक्यो ।

कात्तिक २६ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । क्यानले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।

समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ । समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ ।

हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्।यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् ।