३१ आश्विन २०८३, शनिबार

टी-२० विश्वकप: जिम्बाबेद्वारा पाकिस्तान पराजित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । टी-२० विश्वकप क्रिकेटमा पाकिस्तान लगातार दोस्रो खेलमा पराजित भएको छ ।

बिहीबार सम्पन्न खेलमा जिम्बाबेले पाकिस्तानलाई १ रनले पराजित गरेको हो ।

Image

टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन जोड्यो । जवाफमा १३१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो ।

Image

जितसँगै जिम्बाबेले दुई खेलबाट ३ अंक जोडेको छ । समूह २ मा रहेको जिम्बाबे तेस्रो स्थानमा छ । लगातार दोस्रो हार बेहोरेको पाकिस्तान पाँचौँ स्थानमा छ । यसअघि, पाकिस्तान भारतसँग पराजित भएको थियो ।

यसैगरी, बिहीबार सम्पन्न खेलमा भारतले नेदरल्यान्ड्सलाई ५६ रनले पराजित गरेको छ । भारतले दिएको १८० रनको लक्ष्य पछाएको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाउदै १२३ रन मात्र बनाएको थियो ।

Image

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा २ विकेट गुमाउदै १७९ रन बनाएको थियो ।

विश्वकप टी-२० विश्वकप क्रिकेटमा शुक्रबार दुई खेल हुँदैछ । शुक्रबार बिहान पौने १० बजे मेलबर्नमा सुरू हुने खेलमा अफ्गानिस्तान र आयरल्याण्ड भिड्दा दिउँसो पौने २ बजे सोही मैदानमा अष्ट्रेलियाले इंग्ल्याण्डसँग खेल्नेछ ।