
काठमाडौं, ९ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी बिगु गाउँपालिका दोलखाका अध्यक्ष किरण खड्का नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले सोमबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा देउसी–भैलो कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन् । खड्का एमाले प्रवेश गरेसँगै पालिका समितिका अन्य नेता–कार्यकर्ता पनि एमाले प्रवेशको तयारी गरिरहेको बताइएको छ ।
उनलाई नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्रीद्वय आनन्द प्रसाद पोखरेल र पार्वत गुरुङ तथा पोलिटव्युरो सदस्य ईश्वरी रिजाललगायत नेताहरूले संयुक्त रूपमा पार्टीमा स्वागत गरे ।

पछिल्लो केही दिनयता दोलखामा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी छोडेर एमाले प्रवेश गर्ने क्रम तीव्र बनेको छ । यसबाट दोलखामा एमालेका तर्फबाट उम्मेदवार बनेका बालकृष्ण शिबाकोटी, भरतबहादुर केसी र नरबहादुर श्रेष्ठ तीनै जनाको जित सुनिश्चित बनेको एमाले नेताहरू बताउन थालेका छन् ।
अन्य पार्टी परित्याग गरेर आएकाहरूलाई निर्वाचनपछि पार्टीमा उचित जिम्मेवारी प्रदान गरिने उनीहरूको भनाइ छ ।















प्रतिक्रिया