काठमाडौं, ६ कात्तिक । टी-२० विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान पराजित भएको छ । अष्ट्रेलियामा आज भएको खेलमा पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर पुरा ग¥यो ।
भारतका लागि विराट कोहली तथा हार्दिक पाण्ड्याले १ सय १३ रनको साझेदारी गरेका थिए । कोहली ५३ बलमा ८२ रनमा अविजित रहे । हार्दिक ले ३७ बलमा ४० रन बनाए । पाकिस्तानका लागि हरिस रउफले ४ ओभरमा ३६ रन दिएर २ विकेट लिए नशिम शाहले ४ ओभरमा २३ रन दिएर १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजम आफुले सामना गरेको पहिलो बलमा नै आउट भएका थिए ।
इफ्तिहार अहमद र शान मक्सुदले ७६ रनको साझेदारी गरेर टोलीलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए । शाहिन शाह अफ्रिदी ले ८ बलमा १ छक्का तथा १ चौकाको मद्दतले १६ रन बनाए ।
इफ्तिहारले ३४ बल २ चौका र ४ छक्का खेल्दै ५१ रन बनाएका थिए । मक्शुदले ४२ बलमा ५ चौका मद्दतले ५२ रन बनाएका थिए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका लागि अर्शदिप सिंह र हार्दिक पाण्डयले ३/३, भुबनेश्वर कुमारले २ तथा मुहम्मद सामीले १ विकेट लिए । यो जितसँगै भारत समूह दुईको र्शीष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ ।















प्रतिक्रिया