
काठमाडौं, ५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले देश नै बेच्न लागेको आरोप लगाएका छन् ।
शनिबार लतिपुरमा आयोजित तिहारको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन स्वार्थ पूर्ति गर्न बनेको झुण्ड मात्रै भएको बताए ।
गठबन्धनका दलले स्वार्थका लागि स्वाधीनता, स्वाभिमान, सार्वभौमसत्ता बेच्दै अन्त्यमा अंश अंश गरेर देशलाई नै बेचिसक्ने ओलीको भनाइ छ । उनले भने, ‘गठबन्धन दलहरुले स्वाधीनता, स्वाभिमान, सार्वभौमसत्ता बेचेर अन्त्यमा अंश अंश गरेर देश नै बेच्छन् ।’
यस्तै, अध्यक्ष ओलीले आगामी निर्वाचनमा गठबन्धनले धाँधली गर्न सक्ने आशंका व्यक्त गरे । कतिपय दलहरुले मतदाता किन्नका लागि पैसाको खोलो नै बगाइरहेको ओलीको दाबी छ ।
देशलाई अस्थिर बनाउनका लागि गठबन्धनले अदालतकोसमेत दूरुपयोग गरेको आरोप ओलीले लगाएका छन् ।















प्रतिक्रिया