३१ आश्विन २०८३, शनिबार

विश्वकप फुटबल हिमालय टीभीले प्रशारण गर्ने

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । विश्वकप कतार २०२२ का सबै खेलहरु हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुने भएका छन् ।

हिमालय टेलिभिजनले ग्राहकसँग कुनै पनि शुल्क नलिई खेल प्रशारण गर्न लागेको बताइएको छ । टेलिभिजनले मिडिया हबसँगको सहकार्यमा खेल प्रशारण गर्न लागेको हो ।

यो पटक विदेशी च्यानलमा हेर्न नमिल्ने भएपछि ‘पे पर भ्यू’ मोडलमा विश्वकप देखाउन लागिएको छ । नेपालको प्रसारण अधिकार पाएको मिडिया हबसँग टेलिभिजनले प्रसारण शुल्क समेत नलिई ६४ वटै खेल देखाउन लागेको बताइएको छ ।

सन् १९९८ देखि नेपालमा विश्वकप प्रसारणको अधिकार निरुन्तर रुपमा मिडिया हबले लिँदै आएको छ ।