
काठमाडौं, २ कात्तिक ।नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवादका लागि एक लाख १३ हजारले नाम र फोन नम्बर टिपाएका छन् ।
अध्यक्ष ओलीले मंगलबार साँझ कात्तिक ४ गते आफुसँग टेलिफोनमा संवाद गर्न चाहने सर्वसाधारणलाई फोन र नाम पठाउन आफ्नो फेसबुकमार्फत आव्हान गरेका थिए ।
ओलीले बुधबार पौने चार बजे हालसम्म १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाएको भन्दै उत्साहपूर्ण सहभागिताले खुसी भएको बताएका छन् ।
धेरै नाम आएकोले नाम टिपाउने समय भोलि दिउँसो १२ बजेसम्म मात्र निर्धारण गरिएको एमालेले जानकारी दिएको छ ।















प्रतिक्रिया