५ कार्तिक २०८३, बिहिबार

‘कांग्रेसले वर्षौं सरकारको नेतृत्व गर्दासमेत कुनै काम गर्न सकेन’: अध्यक्ष ओली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले २३/२४ वर्ष सरकार चलाउँदा पनि काम गर्न नसकेको बताएका छन् ।

झापा १ मा आयोजित एमाले र राप्रपासँगको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेससँग काम गर्ने कुनै भिजन नै नभएको टिप्पणी गरे ।

ओलीले कांग्रेसलाई काम कसरी गर्ने भन्ने एमालेबाट सिक्न आग्रह गरे । कांग्रेसले चुनावी घोषणापत्रमा लेख्ने कुनै एण्डासमेत नपाएको ओलीले बताए ।

यो पटक पनि कांग्रेसले पुरानै घोषणापत्र ल्याउने भन्दै भ्रममा नपर्न जनतालाई आव्हान गरे । जनतालाई गठबन्धनको दबाबबाट मुक्त गराउन लाग्न नेता-कार्यकर्तालाई ओलीले निर्देशनसमेत दिए ।