३१ आश्विन २०८३, शनिबार

पैडीमा आर्मीका शाह र एनआरएनका सापकोटाले बनाए कीर्तिमान

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १ कात्तिक । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा मंगलबार दुई वटा राष्ट्रिय कीर्तिमान कायम भएका छन् ।

पुरुष २०० मिटर बटरफ्लाई हिट राउण्ड र ५० मिटर फ्रिस्टायलको हिट राउण्डमा राष्ट्रिय कीर्तिमान कायम भएका हुन् ।

५० मिटर फ्रिस्टायलमा आर्मीका अलेक्जेडर शाहले आफ्नै कीर्तिमानमा सुधार गरेका छन् । उनले आफ्नो नाममा रहेको २३.९० सेकेण्डको समयलाई सुधार गरेर २३.५७ सेकेण्डमा झारेका छन् ।

त्यसैगरी पुरुष २०० मिटर बटरफ्लाइमा नथनर्दोजे शेर्पाको नाममा रहेको २ मिनेट १८.१० सेकेण्डको कीर्तिमानलाई एनआरएनका आर्षिश सापकोटाले २ मिनेट १६.४३ सेकेण्डमा दुरी पूरा गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।