
हेटौंडा, २९ असोज । नेकपा एमालेका नेता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले देशलाई बचाउनको लागि आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एमालेले जित्नुपर्ने बताएका छन् ।
शुक्रबार मकवानपुर क्षेत्र नंबर २ अन्तर्गत थाहा नगरपालिकामा चुनावी सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री पौडेलले देशलाई खरानी हुनबाट बचाउन राष्ट्रवादी पार्टीको रुपमा रहेको एमालेको उम्मेद्वारहरु विजयी बनाउनु पर्नेमा जोड दिए ।
देश बनाउने र देश सक्नेहरुबीच चुनावी प्रतिस्पर्धा रहेको भन्दै पौडेलले आम नागरिकलाई देश बनाउने एमालेलाई मतदान गर्न अनुरोध समेत गरे । नेपालमा विकासको काम गर्न एमाले बाहेक अन्य दलले नसक्ने कुरा प्रष्ट भैसकेको भन्दै पौडेलले एमालेले जितेको अवस्थामा नेपालमा पुनः विकासको लहर सृजना हुने बताए ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा क्षेत्र नंबर २ का उम्मेद्वार महेश कुमार बर्तौलाले मंसिर ४ पछि देशले पुन विकास गर्ने एमाले नेतृत्वको सरकार पाउने बताए । बर्तौलाले निर्वाचनमा एमालेको जित सुनिश्चित भएको भन्दै स्थानीय निर्वाचनमा पराजित भएका प्रत्यासीहरुले जनतासँग बाचा गरेका कामहरु प्रदेश र संघीय सरकार मार्फत पूरा गरिने बताए । उनले आफू निर्वाचित भएपछि पनि भूगोलमै रहेर जनताका सुख, दुःखमा सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।















प्रतिक्रिया