
काठमाडौं, २५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा परेको उजुरी नै खारेज भएको छ ।
देउवाको मतदाता परिचयपत्रको प्रिन्ट गल्ती भएको प्रष्टीकरण दिदै आयोगले सो उजुरी खारेज गरेको हो । यो सँगै देउवाको उम्मेदवारी कायम रहने भएको छ ।
मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेकाले मनोनयन खारेज गर्न भन्दै उजुरी परेको थियो । तर, मतदाता परिचयपत्रमा भएको जन्ममितिमा प्रिन्ट मिस्टेक भएको उल्लेख गर्दै आयोगले उम्मेदवारी कायम रहने जानकारी दिएको हो ।
यो पनि पढ्नुहोस्–
प्रधानमन्त्री देउवाको नागरिकता र मतदाता परिचयपत्रमा मिति फरक परेपछि…















प्रतिक्रिया