३१ आश्विन २०८३, शनिबार

नेपाली चेस टोेली बंगलादेश प्रस्थान

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टीम चेस च्याम्पियनशीपमा सहभागी हुने नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गरेको छ ।

अक्टोबर १२ (भोलि) देखि २१ अक्टोबरसम्म ढाकामा सम्पन्न हुने प्रतियोगितामा नेपालको तर्फबाट पाँच जना खेलाडी तथा १ जना आर्विटर गरी ६ जनाको सहभागीता रहने छ ।

प्रतियोगितामा फिडेमास्टर बिलमलाल श्रेष्ठ तथा रिजेन्द्र राजभण्डारी, भेट्रान खेलाडी राजेन्द्र प्रसाद श्रेष्ठ तथा सिंगेश्वर दास र राजेन्द्र बज्राचार्यको सहभागीता रहेको छ ।

पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका बिलमलाल, रिजेन्द्र राजभण्डारी तथा राजेन्द्र प्रसाद श्रेष्ठ नेपालको तर्फबाट विभिन्न ओलम्पियाडमा समेत सहभागीता जनाईसकेका खेलाडी हुन । प्रतियोगितामा अन्तर्राष्ट्रिय आर्विटर निरञ्जन प्रजापति निर्णायकको भूमिकामा रहनेछन् ।

प्रतियोगितामा सहभागी हुने टोलीलाई नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम लगायतले त्रिभुवन विमानस्थलमा शुभकामना सहित बिदाई गरेका छन् ।

गत असार अन्तिम साता सम्पन्न बुद्धिचाल संघको अधिवेशनबाट अध्यक्षमा निर्वाचित गौतमले सम्भावना भएसम्मका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीलाई सहभागी गराउने कुरामा आफू प्रतिबद्ध भएको बताए ।