
मकवानपुर, २० असोज । बाराको तीन नम्बर पूल नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
बिहीबार बिहान हेटौंडाबाट पथलैया जाँदै गरेको बा प्र ०६-००१ ख ०११० नम्बरको बस अनियन्त्रित हुँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए ।
घाइतेको हेटौंडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । घाइते केहीलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ । मृतकको सनाखत हुन बाँकी छ ।











प्रतिक्रिया