शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौं उपत्यकामा आज दिनभर पानी पर्ने

दैनिक नेपाल २०७९ असोज २० गते १३:३८

काठमाडौं, २० असोज । काठमाडौं उपत्यकामा आज दिनभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण दसैँमा टीका थाप्न मान्यजनकहाँ जान तथा मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको छ ।

रातिदेखि काठमाडौं उपत्यकामा पानी परिरहेको छ । उपत्यकामा गएको २४ घण्टामा २२ दशमलब ४ एमएम पानी परेको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज दिनभर पानी पर्नेछ ।

“काठमाडौँ उपत्यकामा आज दिनभर लगातार मध्यम खालको वर्षा हुन्छ” उनले भनिन्, “३÷४ बजेतिर पानी केही कम भएपनि दिनभरी नै पानी पर्नेछ ।” काठमाडौं उपत्यकामा शनिबार विहानदेखि मात्र वर्षा कम हुँदै जानेछ । रासस

प्रतिक्रिया
सम्बन्धित