शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बारामा यात्रुबाहक बस दुर्घटनाः १४ जनाको मृत्यु

दैनिक नेपाल २०७९ असोज २० गते १३:००

मकवानपुर, २० असोज । बाराको तीन नम्बर पूल नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान हेटौंडाबाट पथलैया जाँदै गरेको बा प्र ०६-००१ ख ०११० नम्बरको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटनामा ९ जना पुरुष र ५ जना महिला गरी १४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेको परिचय नखुलेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेहरुलाई हेटौंडा अस्पतालमा उपचारको लागि ल्याइएको र केहिलाई थप उपचारको लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित