शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

डेंगु संक्रमितको संख्या ३० हजार नाघ्यो, ३९ जनाको मृत्यु

दैनिक नेपाल २०७९ असोज १६ गते १०:०३

काठमाडौं, १६ असोज । नेपालमा डेंगु संक्रमितको संख्या दिनानुदिन बढीरहेको छ । यहाँ ३० हजार भन्दा बढी डेंगु संक्रमित बिरामी देखा परेका छन् भने डेंगुकै कारण ३९ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार गएको साउन यताबाट हालसम्म ७६ जिल्लामा ३० हजार १ सय ८६ जनामा डेंगी पुष्टि भएको हो । अहिले देशैभर डेंगुको संक्रमण बढीरहेको छ ।

चिकित्सकका अनुसार एक्कासी रातको समय उच्च जरो आउनु, धेरै टाउको दुख्नु, आँखाको गेडी तथा टाउकाको पछिल्लो भाग दुख्नु, वाक्वाकी लाग्नुलगायत डेंगुका लक्षण हुन् ।

लामखुट्टेबाट सर्ने भएकाले डेंगुबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टे नियन्त्रणमा ध्यान दिनु नै हो । यसका लागि पानी जम्न सक्ने भाँडाहरू गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न दिनु हुँदैन । यसबाट बच्न रातको समयमा झुल ओढेर सुत्ने, घर आँगन तथा वरपर सफा गर्ने, पानी जम्न दिन नहुने चिकित्सकको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित