बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नेपाली क्यान्डिडेट मास्टर थापाको विजयी यात्रा जारी

दैनिक नेपाल २०७९ असोज १५ गते १८:०२

काठमाडौं, १५ असोज । नेपालका क्यान्डिडेट मास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशीपमा आफ्नो विजयी यात्रा कायम राखेका छन् ।

प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन थापाले शुक्रबार राती सम्पन्न दोश्रो चरणको खेलमा जापानका ताकेनुउची अत्सुसीलाई पराजित गरे भने शनिबार भएको तेश्रो चरणको खेलमा भारतका रनजीत आरकेलाई हराउन सफल रहे ।

तीन चरणको समाप्तिमा थापासँगै १४ खेलाडीले समान तीन–तीन अंक बनाएका छन् । चौथो चरणको खेलमा थापाले तेश्रो बोर्डमा भारतका मधुसुदनन केआरसँग कालो गोटीबाट प्रतिष्पर्धा गर्नेछन् ।

कोभिडका कारण २ वर्षपछि आयोजित प्रतियोगितामा लगातार तीन खेलमा प्राप्त जितले बाँकी चरणका खेलमा पनि अनुकुल नतिजा निकाल्नेमा विश्वस्त रहेको थापाले बताए ।

एशियाका २० देशका १४६ जना खेलाडीको सहभागितामा सेप्टेम्बर २९ मा शुरु भएको प्रतियोगिता अक्टोबर ५ मा सम्पन्न हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित