३ कार्तिक २०८३, मंगलबार

एमाले सचिवालय बैठक जारी, प्रतिनिधि सभातर्फ ८० प्रतिशत उम्मेदवार टुङ्ग्याइएको दाबी

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । नेकपा (एमाले) को सचिवालय बैठक बसिरहेको छ ।

अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी बैठकमा संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल भइरहेको छ ।

अध्यक्ष ओलीले निकटस्थ नेताहरूसँग समेत परामर्श गरेर प्रतिनिधि सभातर्फका ८० प्रतिशतभन्दा बढी उम्मेदवार टुङ्गाइसकेको बताइएको छ ।

त्यस्तै एमालेले चुनावी घोषणापत्रलाई पनि अन्तिम रुप दिने तयारी गरेको छ । साउन २६ गते बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष ओलीको नेतृत्वमा आठ सदस्यीय घोषणापत्र मस्यौदा कमिटी गठन गरेको थियो  ।