
काठमाडौं, १३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई बडादशैँको टीका लगाइदिने भएकी छिन् ।
उच्च पदस्थदेखि सर्वसाधारण व्यक्तिलाई राष्ट्रपति भण्डारीले बडादशैँको टीका लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
विजया दशमीका दिन दिउँसो २ बजेदेखि अपरान्ह ३ बजेसम्म उच्च पदस्थ व्यक्तिहरुलाई र सोही दिन अपरान्ह ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय गरिएको बताइएको छ ।
टीका ग्रहण गर्ने जानेलाई मर्यादित पोशाक लगाउनुपर्ने र राष्ट्रपति कार्यालयको प्रवेशद्वार नम्बर १ बाट प्रवेश गर्न भनिएको छ ।
















प्रतिक्रिया