
काठमाडौं, १३ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेविरुद्ध अहिले भइरहेको विभिन्न प्रकारका घेराबन्दी देशभक्तिमाथिको घेराबन्दी भएको बताएका छन् ।
आज बिहीबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।
नेकपा एस डोल्पाका अध्यक्ष एवम् कर्णाली प्रदेशका पूर्व पर्यटनमन्त्री नन्दसिंह बुढासहित ६० जना भन्दा धेरै नेता तथा कार्यकर्तालाई एमालेमा स्वागत गर्दै महासचिव पोखरेलले भने, ‘एमालेविरूद्धको घेराबन्दी देशभक्तिमाथिको घेराबन्दी हो, स्वाधीनता, स्वाभिमान माथिको घेराबन्दी हो ।’
नेकपा (एमाले) मुलुकको सबैभन्दा ठूलो पार्टी भएर पनि आफ्नो पार्टीलाई षडयन्त्रपूर्वक सरकारबाट बाहिर राख्ने काम भएको र यो षडयन्त्रलाई आगामी निर्वाचनबाट पराजित गरी एमालेको नेतृत्वमा सरकार गठन गर्ने गरी विजय प्राप्त गर्नुपर्नेमा उनले जोड दिएका छन् ।















प्रतिक्रिया