
धनुषा, १३ असोज । धनुषामा आफ्नै काकाले नाबालक भतिजको हत्या गरेका छन् ।
आफ्नै भतिज चार वर्षीय अनुष पासवानको हत्या गरेको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने २८ वर्षीय रवी पासवानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रवीले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका अनुषको महेन्द्रनगर हेल्थ केयरमा उपचारको क्रममा मत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया