
काठमडौं, १३ असोज । नेपाली कांग्रेसको खबरदारी अभियानले दशैं, तिहार र छठ पर्वका अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ ।
पार्टीको आन्तरिक एकता, समाज अवसर र न्यायको निम्ती दशैं, तिहार र छठका अवसरमा चियापान कार्यक्रम आयोजना गरिएको कांग्रेस खबरदारी अभियानले जनाएको छ ।
चियापानमा कांग्रेस नेता शेखर कोईराला, गगन कुमार थापालगायत सहभागी भएका थिए । चियापानमा सहभागीहरुले समानुपातिक बन्दसूचीमा अन्याय भएको र यस्तो अवस्थामा प्रत्यक्षतर्फ पनि देखिन सक्ने भएकाले सज क हुनुपर्ने बताएका छन् ।

कांग्रेस युवा नेता भूपेन्द्रजंग शाहीले कांग्रेस सवैको साझा पार्टी भएकाले सवै नेता तथा कार्यकर्ताको भावना अनुसार नेतृत्व अघि बढ्नुपर्ने बताए । उनले टिकट बितरण गर्दा न्यायोचित ढंगले गर्नुपर्ने आफूहरुको भनाई रहेको धारणा व्यक्त गरे ।
मंसिर ४ गते हुने निर्वाचनको सीट बाँडफाँटमा समाज अवसर दिनुपर्ने भन्दै शेखर कोईराला समूहले निरन्तर आवाज उठाइरहेको छ भने बुधबार पार्टी कार्यालय सानेपामा धर्ना समेत दिएका थिए ।















प्रतिक्रिया