३ कार्तिक २०८३, मंगलबार

गोकुल बास्कोटा भन्छन्– रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ !

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै रहेको बताएका छन् ।

देशमा डेंगीले महामारीको रुप लिँदै जाँदा पनि सरकार र नागरिक समाजहरू बेखबर रहेको भन्दै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

त्यस्तै उनले एमालेलाई सरकार चलाउन सिकाउनेहरूलाई कांग्रेसभित्रै सभापति देउवाले तोरीको फूल देखाइदिएको पनि बताएका छन् । केहीबेरअघि सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्दै उनले सरकार र नागरिक समाजप्रति तीखो कटाक्ष गरेका हुन् ।

निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदका उम्मेदवारहरूको बन्दसूचीप्रति असन्तुष्टि जनाउँदै कांग्रेसभित्र तीव्र विवाद भइरहेकोतर्फ पनि बास्कोटाको उनको कटाक्ष लक्षित देखिन्छ ।

‘वालुवाटारमा रमिता छ । डेंगीको फैलावटले जनता हैरान छन । सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फुल देखाइदिएपछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देश जोगाउन माझी खोज्न हिँडेकाहरु कांग्रेसी आगनमा देउसी खेल्दै छन् । रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ ।’